नेपाली सेनाका जर्नेल बलिउड नायिका सोनाक्षी सिन्हालाई स्वागत गर्न विमानस्थल पुगेको खबर सार्वजनिक भएसँगै यसले खुबै विवाद सिर्जना गरिरहेको छ । विशेषगरि, बलिउड नायिकालाई सुरक्षा दिन र स्वागत गर्न नेपाली सेनाकै जर्नेल किन गए भन्ने प्रश्नले सर्वत्र आलोचना भैरहेको छ । नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले नै यो कुराको विरोध गरे ।
शनिबार काठमाण्डौको टुँडिखेलमा आयोजना भएको ‘अमरपन्छी’ कार्यक्रमका लागि नेपाल आएकी बलिउड नायिका सोनाक्षी सिन्हालाई स्वागत गर्न नेपाली सेनाका जर्नेल त्रिभुवन विमानस्थल पुगेका थिए ।
बलिउड नायक साहरुख खान, आमिर खान, सन्नी लियोनी, रविना टन्डन लगायत आउँदा सुरक्षाको जिम्मा नेपाल प्रहरीले लिएको देखिन्छ ।
यसैविषयमा नेपाली चलचित्रकी चिनिएकी नायिका प्रियंका कार्कीले स्टाटस लेखिन् । उनले जे कुरामा पनि नकारात्मक टिप्पणी नगरौ भन्दै नेपाली सेनालाई सलाम गरेको स्टाटस राखेकी थिइन् । तर, अत्याधिक आलोचना भएपछि अहिले त्यो स्टाटस पि्रयंकाले फेसबुकबाट हटाएकी छिन् ।
तर, उनको अर्को एक तस्बिरमा पनि फेसबुक प्रयोगकर्ताले गाली गरेको देखिएको छ । प्रियंकाले सोनाक्षी विवादको बिषयमा कुरै नवुझी बोलेपछि उनको फ्यान भएको भन्नेहरुले अब उनलाई मन पराउन छाडेको शैलीको कमेन्ट गरेका छन् । उनको एक तस्बिरमा आएका केही प्रतिक्रिया यस्ता छन्:
प्रियंकाले एक तस्बिर पोष्ट गर्दै ‘तपाइहरु सबैलाई चुप्पा’ भनेर स्टाटस लेखेकी छिन् । तर, यो तस्बिरको बारेमा भन्दा पनि उनले हटाएको स्टाटसको बिषयमा धेरै कमेन्ट आएको छ । धेरैले यसलाई राजेश हमालको स्टाटसलाई आलोचना गरेर लेखेको भन्दै उनको आलोचना गरेका छन् । जसमा उनले ‘राजेश हमालको स्टाटसको बिषयमा केही नबोलेको भन्दै आफ्नै देशको आर्मीलाई किन गाली गर्नु’ भन्न मात्र खोजेको भन्दै बचाउ गरेकी छिन् । नायिका कार्कीले ‘अमरपन्छी’ कार्यक्रममा प्रस्तुती दिएकी थिइन् ।
प्रियंकाको पेजलाई लाइक गर्नेको संख्या ८ लाख ३२ हजार बढी छ । उनले आफ्ना फ्यानलाई ‘चुप्पा’ गर्दा पनि गाली खानु परेको छ ।
स्टाटसले बारम्बार विवादमा नायिका
केही समय अगाडि प्रियंकाले आफूलाई फेसबुकमा जे पायो त्यही लेख्नेहरुलाई लक्षित गर्दै एउटा स्टाटस लेखेकी थिइन् । तर, उनको त्यो स्टाटसमा पनि अत्याधिक गाली र आलोचना भरिएका शब्द आएका थिए ।
हुनत, कलाकारलाई सामाजिक संजालमा गाली आउनु कुनै नौलो कुरा होइन । तर, दर्शकले गरेका आलोचनाले कलाकारको क्रेज घटाइदिन सक्छ । यसैले सामाजिक संजालमा पोष्ट गर्ने स्टाटस र तस्बिरमा पनि कलाकारले ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया 4