+
+

सङ्घीय गठबन्धनबाट तीन दल अलग

रासस रासस
२०७३ जेठ ६ गते ७:५७

federal allience_protest (16)६ जेठ, काठमाडौँ । सङ्घीय गठबन्धनले आन्तरिक छलफल नगरी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको भन्दै मोर्चाभित्रका तीन साना दलले असहमति जनाएका छन् ।

लोक दलका अध्यक्ष कौशलकुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष, गङ्गा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादवले आज विज्ञप्ति जारी गरी तयारी नभएका कारण आन्दोलनले लक्ष्य प्राप्त गर्न नसकेको जनाए ।

संयुक्त मधेसी मोर्चाका नेताले गठबन्धनको अस्तित्वलाई स्वीकार गर्न नसकी नयाँ गठबन्धनको २६बुँदे माग छाडेर मोर्चाकै नामबाट सरकारसँग आफ्नो ११ बुँदे माग उठाएका कारण उनीहरूले असहमति जनाएका हुन् । उनीहरूले  सो विषयमा सहमति नभएका कारण आफूहरु गठबन्धनबाट अलग भएको घोषणा गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?