Comments Add Comment

स्थानीयले रोके हेवाँखोला जलविद्युत् परियोजनाको काम

Darbang River Hydro Project
६ जेठ, पाँचथर । विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पाँचथरको फिदिम–४ स्थित तल्लो हेवाँखोला जलविद्युत् परियोजनाको काम आज बिहानदेखि स्थानीय सरोकारवाला समितिले ठप्प पारेको छ ।

माउण्टेन हाइड्रो पावर नेपाल प्रालिले पटक पटक भएको सहमति कार्यान्वयन नगरेको भन्दै सरोकार समितिले परियोजनाको काम नै ठप्प पारेको हो ।

समितिका सदस्य सचिव नरोत्तम थापाले यसअघिको माग सम्बोधन गर्न कम्पनी तयार नभएपछि बाध्य भएर काम नै अवरुद्ध गर्नु परेको बताए ।

उहाँले कम्पनी र समितिबीच २०७१ फागुन १४ गते भएको १० बुँदे सहमतिअनुसार काम नभएको, पिउने पानीका लागि प्रभावित क्षेत्रका स्थानीयवासीसँग कम्पनीले सम्झौता गर्न आनाकानी गरेपछि आन्दोलित हुनुपरेको बताए ।

कम्पनीले सुरुङ निर्माण गर्न थालेपछि प्रभावित क्षेत्रमा पानीको मुहान पनि सुक्दै गएको पानीको अभाव भएको स्थानीयवासीले बताएका छन् । आफ्नो मागको यथाशक्य सम्बोधन गर्नुपर्ने, नगरे जलविद्युत् परियोजनाको काम अनिश्चितकालीन समयसम्म ठप्प पार्ने स्थानीयवासीले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment