+
+

सरकारविरुद्ध कांग्रेस सडकमा, काठमाडौंमा नेवि संघको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ६ गते १५:१४

NB-sangh-protest

६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केपी ओली नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएको छ ।

सरकारले कालोबजारी नियन्त्रण गर्न कुनै पहल नगरेको भन्दै कांग्रेले विद्यार्थी संगठन नेविसंघलाई सडकमा उतारेको हो ।

नेवि संघले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा नेविसंघले स्कुले विद्यार्थीहरुलाई समेत प्रयोग गरेको छ ।

NB-sangh-protest-1

काठमाडौं जिल्ला समितिको आयोजनामा प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनको अग्रभागमा बसेकाहरुले शिरमा काटो टालो बाँधेका थिए भने कालो मास्क नै लगाएका थिए ।

उनीहरुले बोकेको कालो ब्यानरमा ‘ओली सरकारको बहार, मन्त्री नै मन्त्री उपहार’, ‘सरकार कता हरायो ओलीजी, देश त कालो बजारीले चलायो’ जस्ता नारा लेखिएको थियो भने शंख समेत बजाइएको थियो ।

कोणसभामा नेवि संघ काठमाडौंका सभापति मनोज बैद्यले ओली सरकारले कालोबजारीलाई संरक्षण दिएको आरोप लगाए ।

Nebisangh-Birodh-1नेपाल विद्यार्थी संघले १० गते विहान ८ बजे प्रधानमन्त्री निवास अगाडि खाली सिलिण्डर, जार प्रदर्शन गर्ने कार्यक्रम छ । नेविसंघका नेताहरुले प्रधानमन्त्री ओली गैरजिम्मेवार रुपमा प्रस्तुत हुन थालकाले प्रदर्शन गरेको भन्दै सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने बताएका छन् ।

नेविसंघका नेताहरुले प्रधानमन्त्री ओली गैरजिम्मेवार रुपमा प्रस्तुत हुन थालकाले प्रदर्शन गरेको भन्दै सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने बताएका छन् ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?