+

डवेन स्मिथ र रैना चम्किए, कोलकत्तामाथि गुजराजको जित

२०७३ जेठ  ७ गते ८:१० २०७३ जेठ ७ गते ८:१०
डवेन स्मिथ र रैना चम्किए, कोलकत्तामाथि गुजराजको जित

Vivo IPL 2016 M51 - GL v KKR७ जेठ, काठमाडौं । कानपुरको ग्रिन पिचमा डवेन स्मिथले ८ रन दिएर चार विकेट लिएपछि आईपीएलमा गुजराज लायन्सले कोलकत्ता नाइट राइडर्समाथि ६ विकेटको जित हात पारेको छ ।

पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो  । उसका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । युसुफ पठानले सर्वाधिक ३६ रन बनाए । रोविन उथप्पाले २५ रन जोडे भने गौतम गाम्भीरले ८ रन बनाए ।

कोलकत्तालाई सस्तैमा समेट्ने क्रममा मिस्थले ४ ओभरमा ८ रन दिएर चार विकेट लिए ।

१२५ रनको लक्ष्य पछ्याएको गुजरात लायन्सको पनि सुरुवात राम्रो हुन सकेन । ड्वेन स्मिथ डकआउट भए भने ब्रेन्डन म्याकलम पनि ६ रनमा नै आउट भए । तर, सुरेश रैनाले सम्हालिएर खेले र टिमलाई जित दिलाएरै छाडे ।

उनले ३६ बलमा ७ चौकाको मदतमा ५४ रन बनाए  । फिन्चले २६ रन जोडे भने जडेजाले ११ र दिनेश कार्तिकले १२ रनको योगदा दिए ।

जितपछि गुजराज लायन्स १३ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ भने १४ अंक जोडेको कोलकत्ता चौथो स्थानमा छ ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय