Comments Add Comment

युट्युबमा हिट बन्यो ‘वडा नम्बर छ’

jeetu-nepal

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको क्रेज युट्युबमा समेत ह्वात्तै बढेको छ । दीपक दीपा अभिनित चलचित्र ‘वडा नम्बर छ’ युट्युबमा राखेको ७२ घण्टामा लगभग ६ लाख दर्शकले हेरिसकेका छन् ।

उज्जवल घिमिरे निर्देशित ‘वडा नम्बर छ’ मा दीपक दीपाको अतिरिक्त दयाहाङ राई, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् ।

ब्यबसायिक रुपमा सफल मानिएको उक्त चलचित्रको गीत र प्रोमो युट्युबमा हिट भइसकेको छ । अफिसियल प्रोमो एक करोड दर्शकले हेरिसकेका छन् भने ‘सुर्केथैली खै…’ बोलको गीत ७५ लाख दर्शकले हेरिसकेका छन् ।

आफ्नो फिल्मलाई युट्युबका दर्शकले मन पराएपछि अझै राम्रो फिल्म बनाउने दवाब बढेको बताए दीपकराजले ‘हामीप्रति दर्शकले राम्रै अपेक्षा राख्नु भएको छ आगामी दिनमा अझै राम्रो फिल्म दिने प्रयाश गर्ने छौं ।’ अनलाइनखबरसँग कुरा गर्दै दीपकराजले भने ।

सोही टिमले बनाएको अर्को फिल्म ‘छक्का पञ्जा’ भदौ २४ मा रिलिज हुने भएको छ । उक्त फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment