७ जेठ, सोलुखुम्बु । संखुवासभाकी सुश्री ल्हाक्पा शेर्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् ।
यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले शुक्रबार बिहान ५ बजे सगरमाथाको सफल हारोहण गरेकी हुन् ।
उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4