+

मुम्बईमाथि गुजरातको सहज जित, शीर्ष दुईमा स्थान पक्का

२०७३ जेठ  ९ गते ७:३९ २०७३ जेठ ९ गते ७:३९
मुम्बईमाथि गुजरातको सहज जित, शीर्ष दुईमा स्थान पक्का

Vivo IPL 2016 M54 - GL v MI९ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गुजरात लायन्सले मुम्बई इण्डियनमाथि ६ विकेटको सहज जित हात पारेको छ । र, शीर्ष दुईमा रहने पक्का भएको छ ।

मुम्बईले प्रस्तुत गरेको १७३ रनको लक्ष्य गुजरातले १७.५ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो ।

उसका लागि सुरेश रैनाले ५८ रन बनाए भने ब्रेन्डन म्याकलमले ४८ रनको योगदान दिए । डवेन स्मिथ ३७ रनमा अविजित रहे । रविन्द्र जडेजा २१ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि नितिश रानाले ७० रन बनाए भने जोश बट्लरले ३३ र रोहित शर्माले ३० रन जोडे ।

जितपछि गुजरात १४ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सनराइजर्स हैदराबादको १६ अंक छ र एक खेल कम खेलेको छ ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय