९ जेठ, काठमाडौंँ । भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङलाई प्रदान गर्ने भएको छ ।
हाल आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका नेपाली सङ्गीत क्षेत्रका अथक साधक सङ्गीतकार गुरुङलाई उहाँकै निवासमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको समितिका सल्लाहकार तीर्थ श्रेष्ठले जानकारी दिए ।
यसअघि सो पुरस्कारबाट फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, प्रेमध्वज प्रधान लगायतका व्यक्तित्व पुरस्कृत भइसकेका छन् । सो पुरस्कारको राशि रु ७० हजार र सम्मानपत्र रहेको छ ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4