Comments Add Comment

गोर्खा ब्रुअरीले ल्यायो नयाँ पेय पदार्थ ‘समर्सबी’ साइडर

Somersby-Picकाठमाडौं । नेपाली बियर बजारको लिडर गोर्खा ब्रअरीले नयाँ श्रेणीको पेय पदार्थ ‘समर्सवी’ बजारमा ल्याएको छ । बिश्वका झण्डै ५० वटा मुलुकमा उत्पादन भइरहेको साइडर श्रेणीको यो पेय पदार्थ गोर्खा ब्रुअरीले नेपालमा उत्पादन तथा बिक्री थालेको छ ।

आइतबार काठमाण्डौमा आयोजित कार्यक्रममा समर्सबी सार्वजनिक गरियो । बिश्व बजारमा साइडरले निकै लोकप्रियता हाँसिल गरिसकेको भए पनि नेपाली बजारमा पहिलोपटक बिक्रि सुरु भएको हो ।

somersby lunching (4)

४.५ प्रतिशत अल्कोहल रहेको समर्सबी साइडर स्याउको स्वादमा रहेको छ ।  नयाँ उत्पादन सार्वजनिक गर्दै कम्पनी गोर्खा ब्रुअरीका नायव प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले बिहानको खानापछि वा साँझमा पिउन समर्सवी साइडर उपयुक्त हुने बताए ।

सन् २००८ मा काल्र्सवर्ग ग्रुपले पहिलोपटक जर्मनीमा समर्सबी साइडरको उत्पादन थालेको थियो । त्यसयता बिश्वका ५० वटा देशमा यो पेय पदार्थ पुगिसकेको छ भने साइडर श्रेणीको पेयमा यसले बिश्व बजारमा झण्डै ८० प्रतिशत हिस्सा ओगटिसकेको छ ।

somersby lunching (1)

२०० मिलिलिटरको बोटलमा उपलब्ध हुने समर्सबी साइडर आइसको साथमा पिउँदा स्वादिलो हुने कम्पनीले सुझाव दिएको छ । गुलियो स्वादमा रहेको समर्सबीमा अतिरिक्त गुलियो पदार्थ भने मिसाइएको छैन् ।

‘नेपाली बजारमा बिल्कुलै नयाँ स्वादमा नयाँ श्रेणीको पेय पदार्थ आएको छ’ गोर्खा ब्रुअरीका मार्केटिङ प्रमुख बैभव शर्माले भने- नेपाली उपभोक्ताले यसलाई तुरुन्तै जीवनशैलीका रुपमा अंगिकार गर्नुहुनेछ भन्ने हाम्रो बिश्वास छ ।’

साइडरको बजार मूल्य १ सय रुपैयाँ रहेको छ । somersby lunching (7)

somersby lunching (6) somersby lunching (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment