+
+
Shares

भारतीय उर्जा मन्त्री भन्छन्ः नेपालसँग सम्बन्ध सुधार्न चाहन्छौ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १० गते ६:२५

PIYUSH_GO_१० जेठ, काठमाडौं । भारतका ऊर्जा मन्त्री पियुष गोयलले भारत नेपालसँगको सम्बन्ध सुधार गर्न इच्छुक रहेको बताएका छन् ।

आइतबार दिल्लीमा नेपाली पत्रकारहरूसँग मन्त्रालयमै करिब २ घन्टा अन्तरक्रियामा सामेल भएका उनले सम्बन्ध सुधारको पक्षमा आफूहरु रहेको बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पत्रकार भेटघाटका  क्रममा उनी भारत नेपालसँगको सम्बन्ध सुधारको पक्षमा रहेको स्पष्टै देखिन्थ्यो । भाजपाका प्रभावशाली नेतामध्येका एक  गोयलले पटक/पटक नेपाल भारत बिग ब्रदर नभएर इक्वेल ब्रदर रहेको, नेपालको सार्वभौमिकतामा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारत साथ रहेको अनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रतिको सद्भाव कायमै रहेको बताए ।

यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजाले नेपाल भारतको इल्डर ब्रदर रहको बताएकी थिइन् भने मोदी सरकारका अर्का मन्त्रीले इक्केल ब्रदर भनेका छन् ।

पछिल्ला दिनमा नेपाल र भारतबीच सम्बन्धमा दरार आएको घुमाउरो ढंगले स्वीकार गरेको गोयलले त्यो अस्थायी सेटव्याकबाट दुवै देश अघि बढ्नुपर्ने बताए । उनले प्रधानमन्त्री मोदीले पनि नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको र सम्बन्ध सुधार गर्न चाहेको बताएका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?