Comments Add Comment

धौलागिरिका ४२ सहकारी खारेजीको सूचीमा

१० जेठ,  पर्वत । धौलागिरि अञ्चलका चार जिल्लामा सञ्चालित ४२ वटा सहकारी खारेजीको सूचीमा परेका छन् ।  कार्यालयमा दर्ता भएका तर विभिन्न कारणले निस्क्रिय देखिएका सहकारी खारेजीको सूचीमा परेका हुन् ।

डिभिजन सहकारी कार्यालय बागलुङका अनुसार धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका ४२ वटा सहकारी सङ्घ संस्थालाई निस्क्रिय रहेको भन्दै खारेजीको सूचीमा राखिएको जानकारी दिइएको छ ।

खारेजीको सूचीमा पर्नेमा बागलुङका १५, पर्वतका २०, म्याग्दीका चार र मुस्ताङका तीन वटा सहकारी रहेका छन् । उनीहरुले सहकारीको मापदण्डअनुसार सञ्चालन नगरेको तथा निस्क्रिय रहेको भन्दै कार्यालयले सूचना जारी गरेर ३५ दिनभित्र विवरण पठाउनसमेत आह्वान गरेको छ ।

सहकारी ऐन २०४८ को दफा ३४ बमोजिम कार्यालयमा पेस गर्नुपर्ने विवरण, लेखा परीक्षण प्रतिवेदन, नाफा विवरणको योजना, सञ्चालकको बाँकी कार्यावधिको विवरण, साधारणसभाको बैठकको निर्धारित मिति एवम् मासिक प्रगति प्रतिवेदन नपठाएको भन्दै ४२ वटा सहकारी सङ्घ संस्थालाई निस्क्रियको सूचीमा राखिएको डिभिजन सहकारी कार्यालय बागङलुका प्रमुख विष्णुप्रसाद शर्माले जानकारी दिए ।

धौलागिरि अञ्चलमा हालसम्म दर्ता भएका एक हजार ३७ वटा सहकारी सङ्घ संस्थामध्ये गत आवसम्म ४६ वटा सङ्घ संस्था खारेज भइसकेका छन् । खारेज भएकामध्ये बागलुङका २४, पर्वतका १७ र म्याग्दीका पाँच वटा रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment