१० जेठ, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ कम्पनीले इटहरमा कार मेला सम्पन्न गरेको छ । काठमाडौंमा सिजन तीनसम्मको सफलता पश्चात काठमाडौं बाहिर पहिलो पटक कार मेला आयोजना गरिएको हो ।
कार मेलामा २५ सय भन्दा बढी अवलोकनकर्ताको सहभागीता रहेको कम्पनीले जनाएको छ । मेलामा २०८ भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीहरु टेस्ट ड्राइभ गरे । त्यस्तै, २३ जनाले गाडीे बुकिङ गरेका छन् ।
यसैगरी ९० जना ग्राहकले गाडी एक्स्चेन्जको लागि आफ्नो गाडीको मूल्याङ्कन गराएको कम्पनीले जनाएको छ । मेला अवधिभर दर्शकहरुले टाटाको बोल्ट र जेस्ट गाडीको लागि बढी सोधपुछ र अवलोकन गरेका थिए ।
कार मेलाको अन्य आकर्षणहरुमा वाटर स्लाइड, स्वीमिङ पुल, रेन डान्स, वेभ पुल, नेल आर्ट, फेस पेन्टिङ बी-बोइङ, हिप हप, फ्ल्यास मोब, फोटो सुट, टेस्ट ड्राइभ, गेम र फुड स्टल आदि रहेका थिए ।
प्रतिक्रिया 4