+
+

कपिलवस्तुका रक्सीभट्टिमा प्रशासनको छापा, ८ हजार लिटर मदिरा नष्ट

सनिउल्ला धोबी सनिउल्ला धोबी
२०७३ जेठ १० गते १७:३३

Kapilbastu-Raksi-Bhatti

१० जेठ, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका बनकट्टीमा अबैध रुपमा उत्पादित घरेलु मदिरा उद्योगमा उत्पादित ८ हजार लिटर मदिरा प्रहरीले नष्ट गरेको छ ।

कपिलवस्तु प्रशासनले पटक पटक घरेलु मादिरा उत्पादन नगर्न जनकारी गराउँदासमेत अटेर गरी उत्पादन गरेपछि प्रहरी यसबिरुद्ध सक्रिय बनेको हो ।

बनकट्टी स्थित ६ वटा घरमा छापा मार्दा १ सय ५० वटा ठुलो प्लाष्टिकका ड्रम, मादिरामा प्रयोग गरिने केमिकल, युरीया, भेली, एसिड, गोबार, सडे गलेको खाद्य पदार्थसमेत बरामद गरी नष्ट गरिएको हो । छापा मार्ने क्रममा अबैध मादिरा उत्पादन गर्नका लागि प्रयोग गरिने ३ दर्जन भट्टी समेत नष्ट गरिएको छ ।

Kapilbastu-Raksi-Bhatti1

बरामद ड्रमभित्र रहेका मादिरा खाल्डो खनेर पुरिएको र मादिरा उत्पादनमा प्रयोग गर्ने ४० वटा भाँडा समेत नियान्त्रण लिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदिश अर्यालले जनकारी दिए ।

महेन्द्र राजमार्गको छेउछेउमा अबैध रुपमा खोलीएका मादिरा उद्योगले गर्दा सडकमा अवात जावात गर्ने यात्रुहरुलाई समेत नाक थुनेर हिड्नुपर्ने अवास्था रहेको भन्दै अब पूर्णरुपमा यहाँका उद्योग बन्द गर्न आफुले पहल गर्ने इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्येले बताए ।

यसरी अबैध रुपमा मादिरा उत्पादन गर्नले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अर्काे तर्फ राजस्वमा समेत कमी आउने भएकोले यस्तो व्याक्तिलाई कार्वाही गर्नु पर्ने अन्तारिक राजस्वा कार्यालय कृष्णनगरका कर अधिकृत टेक बहादुर चौधरीले बताए ।

बरामद समाग्री वडा प्रहरी कार्यालय चन्द्रौटाको जिम्मा लगाइएको हो । प्रहरी देखेपछि अबैध मादिरा उत्पादनकर्ता भगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?