+
+

कपिलवस्तुमा करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १९:११

२८ चैत, काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर २ भैंसकुण्डा भन्ने स्थानमा गहुँ खेतमा आगलागी भएको छ । आगोमा जलेर करिब ३ बिघा खेतको गहुँ नष्ट भएको छ ।

बुधबार मध्याह्न कम्बाइन मेसिनको सहायताले गहुँ काट्ने बेला खेतमा आगो सल्किएको थियो । आगो अनियन्त्रित भएपछि गहुँ काट्ने मेसिन पनि पूर्णरुपमा जलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी हरि ओलीले पाँच जना किसानको करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट भएको बताए ।

आज मध्याह्न १२ बजेर १५ मिनेटमा प्रहरी टोली आगो निभाउन खेतमा खटिएको र स्थानीयको सहयोगमा १२ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको उनले जानकारी दिए । आगो निभाउन दमकलको समेत प्रयोग गरिएको थियो ।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ । ‘स्थानीयले एक्कासी आगो सल्किएको भनेका छन्, आगलागीको कारणबारे हामी अनुसन्धान गर्दैछौं,’ डिएसपी ओलीले भने ।

भित्राउन ठिक्क भएको गहुँ खेतमै जलेर नष्ट भएपछि किसानहरु मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?