+
+

कपिलवस्तुमा घरभित्र श्रीमान् श्रीमती मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १२:१५

१९ वैशाख, काठमाडौं । कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन् ।

वाणगंगा नगरपालिका–८ ढोडेकोलमा ६० वर्षीय टेकराज भुषाल र ५५ वर्षीया जुठी भुषाल मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी तथा प्रवक्ता हरिबहादुर ओलीका अनुसार टेकराज घरको भर्‍याङ छेउमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । उनकी श्रीमती भने कोठाभित्र घाउचोट लागेको अवस्थामा मृत फेला परेकी छन् ।

घरको ढोका खुलै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?