Comments Add Comment

संसद नियमावली मस्यौदामा देखिएको विवाद मिलाउन सभामुख अग्रसर

प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल आज

Onsari Gharti१४ जेठ, काठमाडौं । व्यवस्थापिका संसद् सञ्चालन नियमावलीको मस्यौदामा दलहरुबीच देखिएको विवाद अन्त्यका लागि सभामुख अोनसरी घर्तीले पहल गर्ने भएकी छिन् ।

संसद बैठकमा आज मस्यौदा प्रतिवेदनमा दर्ता भएका संशोधन प्रस्तावमाथि दफावार छलफल सुरु हुनु पूर्व सहमतिको प्रयासमा सभामुख घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछिन् । संसद बैठक अपरान्ह २ बजे बस्दै छ ।

सिंहदरवारमा बिहान ९ बजेपछि हुने छलफलमा सत्तासाझेदार दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई बोलाईएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

नियमावली मस्यौदा समितिले संसदमा प्रस्तुत गरेको फरक मत सहितको प्रतिवेदनमाथि सत्तारुढ र प्रमुख प्रतिपक्षी कांग्रेसले २-२ तथा नेमकिपा, जनता दल र खम्बुवान राष्ट्रिय मोर्चाले छुट्टाछुट्टै संसोधन प्रस्ताव दर्ता गरेका छन् ।

सत्तापक्ष र प्रतिपक्षको छुट्टाछुटै संसोधन प्रस्तावमा सुनुवाईका लागि प्रस्तावित नाम अस्वीकार गर्न समितिको दुई तिहाई आवश्यक पर्ने अभ्यासलाई निरन्तरता दिनेमा समानता देखिएपनि सुनुवाई समितिको सदस्य संख्यामाथिको विवाद भने कायमै छ ।

सत्ता साझेदार १२ दलका तर्फबाट दर्ता भएको संसोधन प्रस्तावमा संवैधानिक ब्यवस्थाअनुसार सुनुवाई समिति १५ सदस्यीय हुनु पर्ने उल्लेख छ भने कांग्रेसले पुरानै नियमावली अनुसार ७५ सदस्यीय हुनु पर्ने बताएको छ । दलहरुबीच सहमति हुन नसके विवादित बिषयमाथि संसदमा मतदान हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment