Comments Add Comment

कांग्रेसको माग सम्बोधन गर्न सरकार तयार, छानबिन समिति बनाउने तयारी

samsad१८ जेठ, काठमाडौं । १८ जेठ, काठमाडौं । बजेटको सूचना चुहिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध पारेपछि अर्थमन्त्री विष्णु पौडेलले स्पष्टिकरण दिने भएका छन् ।

विपक्षी कांग्रेसले संसद अवरुद्ध पारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा मंगलबार विहान सत्तारुढ दलहरुको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा कांग्रेसको आरोपबारे अर्थमन्त्रीले संसदमा जवाफ दिने सहमति भएको छ ।

अर्थमन्त्रीले स्पष्टिकरण दिँदा पनि विपक्षीको चित्त नबुझे छानविन समिति बनाएर भए पनि अघि बढ्ने सहमति भएको एक नेताले बताए । एमाले प्रमुख सचेतक भानुभक्त ढकाल सहमतिको प्रयासमा कांग्रेसँग छलफल भइरहेको बताउँछन् ।

उनले भने, विगतमा के भएको थियो, यस्तो किन भयो र भोलिका दिनमा कसरी हुन नदिने भन्नेबारेमा छलफल गरेर निकास खोज्ने काम भइरहेको छ । समिति बनाउन आपत्ति छैन ।’

अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्नु अघि नै सूचना चुहिएको भन्दै कांग्रेसले सोमबार चार पटक संसद अवरुद्ध परेको थियो । उसले यसबारे छानविन गर्न संसदीय समिति गठन गर्नु पर्ने माग गर्दै आएको छ । नभए आज पनि संसद चल्न नदिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment