Comments Add Comment

शौचालय पनि जान पाएनन् अर्थमन्त्री !

bishnu-poudel२० जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद वैठकमा सांसदहरुको कुरा सुनिरहेका थिए ।

तर ३ बजेपछि बैठकमा केहीबेर उनी नदेखिएको आजको राजधानी दैनिकमा समाचार छ ।

बजेटमाथिको छलफल भएकाले अर्थमन्त्री अनिर्वा उपस्थित हुनुपर्छ । तर, उनी शौचालय जाने भन्दै बाहिरिएका थिए । त्यही बेला संसदमा प्रश्न उठाइयो ।

कांग्रेस सांसद रामहरि खतिवडाले अर्थमन्त्रीको उपस्थितिमा सांसद बैठकको औचित्य  नहुने भन्दै स्थगित गर्न माग गरे । तत्कालै अर्थमन्त्री पौडेल टुपलुक्क आइपुगे । शौचालय जाँदै गर्दा यो प्रश्न उठाएपछि मन्त्री पौडेल त्यतिकै फिर्ता आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment