Comments Add Comment

२९ लागिन सोनाक्षी, ३० किलो वजन घटाएर फिल्ममा

sonak-2मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हा २९ वर्ष लागेकि छिन् । २ जुन १९८७ मा उनको जन्म भएको थियो । उनी बलिउडको त्यस्ती नायिकाको रुपमा चिनिन्छिन्, जसले निकै छोटो समयमा सफलता हात पारिन् ।

‘सटगन’ भनेर चिनिने अभिनेता शत्रुघन सिन्हाकी कान्छी छोरी हुन् सोनाक्षी । उनी बाहेक उनका लभ र कुश नाम गरेका दुई दाई छन् । सोनाक्षीको आमाको नाम पूनम सिन्हा हो, पुनम पनि कुनैवेला अभिनयमा सक्रिय थिइन् ।

सोनाक्षीले आफ्नो स्कुलको पढाई आर्य विद्या मन्दिरवाट पुरा गरेकी थिइन् । एसएनडीटी युनिभर्सिटीवाट उनले फेशन डिजाइन अध्ययन गरेकी छिन् ।

३० किलो वजन घटाएर फिल्ममा

sonak-fat-2

बलिउडमा करिअर सुरु गर्ने भएपछि सोनाक्षीले ३० किलो ओजन घटाएकी थिइन् । सन २०१० मा रिलिज सुपरहिट फिल्म ‘दबंग’ उकनको डेब्यु फिल्म थियो । जुन फिल्ममा उनले सलमान खानसँग अभिनय गरेकी थिइन् ।

राउडी राठौर, सन अफ सरदार, दबंग-२, लुटेरा, वन्स अपान अ टाइम इन मुम्बई दोबारा, बुलेट राजा लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment