Comments Add Comment

अब कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकारः मीन विश्वकर्मा

Min-Bk

२० जेठ, भक्तपुर । नेपाली कांग्रेसका नेता मीन बिश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी गरेका छन् ।

प्रचण्डले बिश्वासघात नगरेको भए राष्ट्रिय सरकारका निर्माण भइसक्ने भन्दै उनले अबको राष्ट्रिय सरकारको निर्माणमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीका लागि अगाडि नसार्ने बताए ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा नेता विश्वकर्माले कांग्रेसले प्रधानमन्त्री नपाए एमालेबाटै पनि प्रधानमन्त्री बन्न सक्ने बतए ।

स्थानीय निकायको निर्वाचन सबैको आवश्यक भए पनि कानुनी झन्झट बाँकी रहेकाले तोकिएको मितिमा स्थानिय निकायको निर्वाचन असम्भव रहेको उनले बताए ।

कांग्रेसका भातृ संगठनका निर्वाचनका लागि पार्टीले सम्पूर्ण तयारी गरिसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment