Comments Add Comment

निर्मला हत्या प्रकरणः तत्कालिन कञ्चनपुर प्रहरी प्रमुखलाई साढे १० लाख धरौटी माग

१० चैत, कैलाली । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा अभियुक्तलाई यातना र प्रमाण नष्ट गरेको अभियोग लागेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, कञ्चनपुरले आइतबार तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसअघि प्रमाण नष्ट गर्न भूमिका खलेको पुष्टि भएको भन्दै सरकारले उनीसहित प्रहरी निरीक्षक जगदिश भट्टलाई ८ कात्तिकमा बर्खास्त गरिसकेको छ ।

विष्टको थुनछेक बहस शुक्रबार नै सकिए पनि समय अभावका कारण आइतबार मात्र आदेश दिएको स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

उनका अनुसार प्रमाण नष्ट गरेको अभियोगमा साढे ४ लाख र यातना दिएको अभियोगमा ६ लाख गरी साढे १० लाख धरौटी माग गरिएको हो ।

विष्टले गत मंगलबार जिल्ला अदालत गएर आत्मसमर्पण गरेका थिए ।

यसअघि तत्कालिन एसपी विष्टसहितका ८ जनाविरुद्ध दीलिप सिंह विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो । कञ्चनपुर जिल्ला अदालतले ३० फागुनमा मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि ६ जना ३१ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् भने अनुसन्धामा खटिएका सीआईबीका डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment