Comments Add Comment

प्रधानमन्त्री ओलीको गुनासोः सरकारले नयाँ ढंगले काम गरेको आफ्नै पार्टीले बुझेन

Ko-pli

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नयाँ ढंगले काम गरिरहेको छ भनेर आफ्नै पार्टीले नबुझेको गुनासो गरेका छन् ।

सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले धेरैले नसोचेको काम गरेर देखाउने बताए ।

सरकार नयाँ ढंगले तीव्रताका साथ काम गर्ने तयारीमा लागिरहेको भए पनि १५ वटा पार्टीलाई साथमा लिएर काम गर्न केही जटिलता भएको उनले बताए । उनले भने, ‘सरकारले नयाँ ढङ्गले काम गरिरहेको छ भन्नेबारे बुझ्न गाह्रो छ, अरु त के आफ्नै पार्टीले बुझ्दैन ।’

भूकम्प, नाकाबन्दी विभिन्न कठिनाइका बाबजुद पनि कर्मचारीको तलब २५ प्रतिशत बढाएर वतर्मान सरकारले जिउँदो सरकारको अनुभूत गराएको उनले बताए । राष्ट्रसेवक कर्मचारीमा स्पष्टता र सक्रियता हुनुपर्नेमा जोड दिँदै उनले कर्मचारीका समस्या समाधानमा सरकार प्रयत्नशील भएको हुनाले मुलुक सङ्कटका बीचमा पनि कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरेको बताए ।

प्रधानमन्त्री ओलीले देश विकास गर्नका लागि आफूले देखेको सपना नभएर विकासका योजना भएको र त्यो सपना पूरा गरेर देखाउने दाबी गरे ।

नेपालका कर्मचारीहरुको ढिला हिँड्ने बानी भएको भन्दै उनले आज अल्छी लाग्यो भोलि काम गर्ने भन्दै सार्ने, जनताका फाइल घुमाइरहने नगर्न आग्रह गरे ।

सङ्गठनका अध्यक्ष कृष्णमान श्रेष्ठले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीको भावना बुझेर २५ प्रतिशत तलब वृद्धिले कर्मचारीलाई निकै उत्साहित बनाएको र कर्मचारीभित्रका विकृति हटाएर क्रियाशील रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment