+
+
Shares

करेन्ट लागेर सिरहामा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २२ गते १०:५३

२२ जेठ,सिरहा । सिरहाको पोखरभिण्डा गाविसमा आज बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

पोखरभिण्डा–९ निवासी १९ वर्षीय सन्तोषकुमार यादवको आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ ।

करेन्ट लागेर बेहोस भएका यादवलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?