काठमाडौं । गरिमा पन्तको नृत्य र अभिनय हेरेर मनोरञ्जन लिन चाहने दर्शकका लागि नयाँ खुराक बजारमा आएको छ । नयाँ खुराक उपलब्ध गराउने काम गरेका छन् निर्देशक बाबुराम ढकालले ।
प्रशिद्ध साहित्यकार बीपी कोइरालाको उपन्यास ‘तीन घुम्ती’ मा आधारित चलचित्र ‘तीन घुम्ती’ बनाएका ढकालले युट्युव मार्फत उक्त चलचित्रको फुल झैं नरम बनायौ…बोलको गीत सर्वाजनिक गरे ।
गीतमा कृष्णहरि बरालको शब्द, बसन्त सापकोटाको संगीत रहेको छ भने प्रल्हाद तिमल्सेना र मिलन अमात्यको स्वर रहेको छ ।
गरिमा पन्त र सुशान्त कार्कीको अभिनय रहेको उक्त गीत चलचित्रमा रहेका विभिन्न घुम्तीहरु मध्ये एउटा घुम्ती केन्दि्रत रहेको निर्देशक ढकालले बताए ।
‘इन्द्रमायाको श्रीमान जेलमा भएको बेला इन्द्रमायालाई दोस्रो पुरुषले सहयोग गरेको प्रसंग देखाउन हामीले यो गीत राखेका छौं ।’ निर्देशक ढकालले अनलाइनखबरसँग कुरा गर्दै भने ।
आउदो असार १७ गतेदेखि फिल्म प्रदर्शन हुने भएको छ भने अहिले निर्माणसंस्था प्रचार प्रशारमा जुटेको छ । निर्देशक ढकालको महत्वकाँक्षी यो फिल्म नायिका गरिमा पन्तको पनि महत्वकाक्षी फिल्म हो । सती प्रथामा आधारित चलचित्र झोलामा अभिनय गरेर चर्चामा आएकी गरिमाको त्यसपछि कुनै चलचित्र आएको छैन ।
प्रतिक्रिया 4