Comments Add Comment

तमोर नदीले बगाउँदा बालक बेपत्ता

२३ जेठ, ताप्लेजुङ । तमोर नदीमा नुहाउने क्रममा खोलाले बगाएर ताप्लेजुङमा एक बालक बेपत्ता भएका छन् ।

शनिबार साथिहरुसँग तमोर नदी नजिकै हान्द्रुङ भन्ने स्थानमा आँप खान गएका ताप्लेजुङ नगरपालीका ४ का टेकेन्द्र बहादुर लाबुङ (लिम्बु) का ११ वर्षीय छोरा सुलक्क्षण लाबुङ तमोर नदिमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

विहान करीब १० बजे घरमा खाना खाई छ जना साथीहरुसँग आँप खान गएका सुलक्क्षण गर्मि भए पछि दिउँसो करिब तीन बजे आँप बगान नजिकै रहेको तमोर नदीमा पौडि खेल्न गएका थिए ।

पौडी खेल्न तमोर नदीमा पसेका उनलाई खोलाले बगाएपछि साथि सहित उनका परीवारले साँझ जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । उनको खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment