+
+

मन्त्री पासवानले लुकाए सम्पत्ति विवरण

अख्तियारका प्रवक्ता भन्छन्-छानविन हुन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते १३:४०

Bishwendra Paswan (2)२३ जेठ, काठमाडौं । कानुनको पालना गराउने निकायले कानुनसम्मत कदम चाले सरकारका एक मन्त्री अब अकूत सम्पत्ति कमाएको आरोपमा अख्तियारको फन्दामा पर्ने भएका छन् ।

संसदमा एक सीटमात्र भए पनि केपी सरकारलाई सर्मथन गरेवापत मन्त्री बन्न सफल भएका विश्वेन्द्र पासवानले कानुनअनुसार सम्पत्ती विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन् । मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुले १५ दिनभित्रै सम्पत्ती विवरण सार्वजनिक गर्नुपर्ने निर्णय गरेको थियो ।

तर, मन्त्री भएको ९ महिनासम्म पनि पासवानले सम्पत्ती विवरण बुझाएका छैनन् । उक्त सूचना प्रधानमन्त्री कार्यालयको वेभसाइटमा अझै हेर्न पाइन्छ ।

Paswan

तोकिएको समयमा सम्पत्ती विवरण नबुझाए सतर्कता केन्द्रले ५ हजार जरिवानासहित सम्पत्ती विवरण बुझाउन निश्चित समय तोक्छ । तर, सर्तकता केन्द्रले भने मन्त्री पासवानलाई सम्पत्ती विवरण सार्वजनिक गर्न समय तोक्ने वा जरिवाना अशुल गर्ने काम गरेको छैन ।

सर्तकता केन्द्रले आफ्नो कार्यक्षेत्रभित्र कारवाही नगरे अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैँले चासो राख्ने अख्तियार प्रवक्ता कृष्णहरि पुस्करले बताए ।

अनलाइनखबरलाई प्रतिक्रिया दिँदै उनले भने, ‘यदि सर्तकर्ताले कारवाही गरेन भने अख्तियारले अकूत सम्पत्ती कमाएको आरोपमा उनलाई छानविनको दायरामा ल्याउँछ ।’

तर, मन्त्री पासवानले सांसदको हैसियतमा भने संसद सचिवाललाई सम्पत्ती विवरण बुझाएका छन् ।

मन्त्री भएपछि अधिकारको दुरुपयोग गरेर राज्यकोषबाट अकूत सम्पत्ती कमाउन सक्ने खतरा रोक्न सार्वजनिक पदाधिकारीले पद धारण गरेको १५ दिनभित्र सम्पत्ती विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

सचिवलाई अधिकारविहीन बनाएको आरोप

यसैवीच मन्त्री पासवानले मन्त्रालयमा अधिकार प्रत्यायोजन समेत नगरेको स्रोतको दावी छ । सबै अधिकार आफुमा केन्द्रित गरेर पासवानले सचिवलाई अधिकारविहीन गराएको र खरिदार सुब्बाको सरुवादेखि प्रशासनिक निर्णयमा समेत हस्तक्षेप गरेको मन्त्रालयको स्रोतको भनाइ छ । पासवान पहिलोपटक मन्त्री भएका हुन् ।

को हुन् पासवान ?

मिर्चैया ५ सिराह जिल्लामा २०१७ सालमा जन्मिएका पासवान वाम विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । उनका दुई छोरा र एक छोरी छिन् । एक छोरा भने संकटकालमा नेपाली सेनाको कुटाइले घाइते भएका थिए, पछि उपचारका क्रममा उनको मृत्यु भयो ।

दलित जनजाति पार्टीका अध्यक्ष समेत रहेका पासवान २०७० को संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएका हुन् । दाेस्राे संविधानसभामा दुर्इसीट हात पारे पनि यशाेदा कुमारी लामाले पासवानकाे दल फुटाएर अलग भएकाे घाेषणा  गरिससकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?