+
+

एमाले बैठकमा भारत-अमेरिका प्रकरणः प्रधानमन्त्रीले भने-यो गम्भीर षड्यन्त्र हो

भोलिकाे बैठकमा पार्टी अनुशासन र प्रदेश कमिटीबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते १६:२५

२३ जेठ, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार अपरान्ह बसेको एमाले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली निकै गम्भीर र आक्रोशित मुद्रामा देखिए । शनिबारको बैठकमा प्रधानमन्त्रीले भारत र अमेरिकाका विषयमा बोलेको भन्दै एउटा दैनिक पत्रिका र केही अनलाइनले समाचार लेखेपछि आइतबारको बैठक त्यही समाचारमा बढी केन्द्रित भयो । KP-Oli-with-Mobile
‘प्रधानमन्त्रीले भारत र अमेरिकाका विषयमा बोलेको भन्दै पत्रिकामा आएको समाचारकै विषयमा आजको बैठक बढी केन्द्रित भयो,’ पार्टी सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले बोलेको कुरा बाहिर चुहिएको भए यसलाई अनुशासन र गोपनीयताको विषयमा मान्न सकिन्थ्यो होला, तर बोल्दै नबोलेको विषयमा समाचार आयो ।’

ज्ञवालीका अनुसार आइतबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले उक्त समाचारलाई गम्भीर षड्यन्त्रको संज्ञा दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणकै बेला पारेर दिइएको त्यस्तो समाचारका पछाडि गम्भीर षड्यन्त्र लुकेको एमाले नेताहरुको निश्कर्ष छ ।
एमाले र भारत-अमेरिका वीचको सम्बन्धमात्रै होइन, मुलुककै सम्वेदनशीलतामाथि नै षड्यन्त्र बुनिएको बैठकले निश्कर्ष निकालेको एमाले सचिव ज्ञवालीले बताए ।
बैठकमा प्रायः सबै नेताहरुले यसबारे टिप्पणी गरेका थिए । प्रधानमन्त्रीको हवाला दिँदै कसले यस्तो समाचार दियो, पार्टीभित्रबाट त्यसो गरिएको भए यसबारे छानविन गरिनुपर्ने बैठकमा कुरा उठेको थियो ।
‘सबै नेताले यो धेरै सिरियस र पार्टीलाई ड्यामेज गर्नेखालको घटना हो भनेका छन्,’ ज्ञवालीले अनलाइनखबरसँग भने-‘बैठकले यो विषयलाई सिरियसरुपमा लिएको छ ।

यो पनि पढ्नुहोस्

सरकारलाई छिमेकीको सहयोग र भरोसा छः एमाले

यसैवीच पार्टीका आन्तरिक विषयहरुमा छलफल गर्न अाइतबार दाेस्राे दिन बसेको बैठकमा विदेश सम्बन्धका विषयमा लामो छलफल भएपछि स्थायी कमिटीको बैठक सोमबार फेरि बस्ने गरी लम्बिएको छ ।
सोमबार अपरान्ह ३ बजे बस्ने बैठकमा प्रदेश कमिटीहरु बनाउनेदेखि पार्टी अनुशासनका विषयमा छलफल हुने बताइएको छ ।
माधव नेपाल पक्षले समानान्तर कमिटीहरु चलाएको र जथाभावी बोल्दै हिँडेको ओली पक्षको आरोप छ भने माधव नेपाल पक्षका नेताहरुले चाँहि संस्थापन पक्ष एकलौटीरुपमा चलेको आरोप लगाइरहेका छन् । सोमबारको बैठकले यो असमझदारीलाई समाधान गर्ने एमाले नेताको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?