+
+

कर्णालीका मुख्यमन्त्री र एमाले नेता कँडेलबीचको भेट निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १२:०६

२० चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलबीचको भेट निष्कर्षविहीन भएको छ ।

मंगलबार बिहान मुख्यमन्त्री निवासमा शर्मा र कँडेलबीच सत्ता समीकरणका विषयमा करिब एक घण्टा छलफल भएको थियो । तर छलफल निष्कर्षविहीन भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने सत्ता साझेदार दलहरूबीच काठमाडौंमा सहमति भएको थियो । केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आफ्नो अडान कायमै राखेका छन् ।

एमाले नेता कँडेलले केन्द्रमा सहमति भइसकेको हुनाले राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । तर मुख्यमन्त्री शर्माले पहिलाकै सहमतिअनुसार पहिलो चरणमा आफूलाई सहयोग गर्न आग्रह गरे ।

दुवै नेताले आ-आफ्नो अडान कायमै राखेपछि भेटघाट निष्कर्षविहीन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवाद मिलाउन माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् ।

केही बेरमा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भएको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए । बैठक बस्नुअघि मुख्यमन्त्री शर्मालाई मनाउन नेता महेन्द्रबहादुर शाही, पार्टीका प्रदेश इन्चार्ज कालीबहादुर मल्ल सहितका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?