+

वेल्सलाई हराउँदै स्वीडेन युरो कपका लागि तयार

२०७३ जेठ  २४ गते ७:५३ २०७३ जेठ २४ गते ७:५३
वेल्सलाई हराउँदै स्वीडेन युरो कपका लागि तयार

Sweden२४ जेठ, काठमाडौं । वेल्सलाई ३-० गोल अन्तरले हराउँदै स्वीडेनले युरो कप २०१६ को तयारी पुरा गरेको छ ।

वेल्सले ग्यारेथ बेललाई बेन्चमा राखेर खेल सुरु गरेकेा थियो । पहिलो हाफमा एमिल फोल्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । उनले ४० औं मिनेटमा गोल गरेका हुन् ।

मिकाइल लस्टिगले ५७ औं मिनेटमा गोल गरे । खेलको ६४ औं मिनेटमा वेल मैदान प्रवेश गरे । तर, वेल्सलाई जिताउन सकेनन् ।

बरु खेलको ८७ औं मिनेटमा गाइडिटीले गोल गर्दै स्वीडेनलाई ३-० गोल अन्तरको शानदार जित दिलाएका छन् ।

यो खेललाई धेरैले वेल भर्सेज जाल्टन इब्राहिमोभिचका रुपमा हेरेका थिए । तर, मैदानमा दुबै आमनेसामने हुने अवस्था रहेन । इब्राहिमोभिच मैदानबाट बाहिरिएको चार मिनेटपछि बेल मैदान प्रवेश गरेका थिए ।

युरो कप वेल्स स्वीडेन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय