+

कोपा अमेरिकामा मेक्सिकोले उरुग्वेलाई हरायो

२०७३ जेठ  २४ गते ८:०८ २०७३ जेठ २४ गते ८:०८
कोपा अमेरिकामा मेक्सिकोले उरुग्वेलाई हरायो

Mexico vs Uruguay२४ जेठ, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा मेक्सिकोले उरुग्वेलाई पराजित गरेको छ ।

सोमबार विहान एरिजोनामा भएको खेलमा मेक्सिकोले उरुग्वेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा मेक्सिकोले चौथो मिनेटमा नै उपहार गोलबाट अग्रता लिएको थियो । उरुग्वेको परेराले आत्मघाती गोल गरे ।  खेलको ७४ औं मिनेटमा सान्चेसको पासमा डिएगो गोडिनले गोल गर्दै उरुग्वेलाई खेलमा फर्काए ।

तर, अन्तिम सात मिनेटमा दुई गोल खाँदै उरुग्वे पराजित भयो । ८५ औं मिनेटमा आर माक्र्वेजले गोल गरे भने ९२ औं मिनेटमा हरेराले गोल गर्दै मेक्सिको ३-१ ले विजयी भएको छ ।

कोपा अमेरिका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय