Comments Add Comment

रोयल इन्फिल्डको शो-रुम जनकपुरमा

royal-enfield-classic-350cc Final

२४ जेठ, काठमाडौं । जनकपुरमा प्रिमियम बाइक रोयल इन्फिल्डको शो-रुम खुलेको छ । नारायणी मोटर्स जनकपुर क्षेत्रका लागि रोयल इन्पिmल्डको आधिकारिक डिलर बनेको हो ।

नारायणी मोटर्स शो-रुमको एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले उद्घाटन गरे । सोही अवसरमा उनले रोयल इन्पिmल्ड अहिले एउटा लाइफस्टाइल बनिसकेको बताए । उनका अनुसार रोयल इन्फिल्ड एउटा आवश्यक सवारी साधनको रुपमा परिचित भएको छ ।

शो-रुम उद्घाटनको अवसर पारेर ‘मिथिला राइड’ समेत आयोजना गरिएको थियो । मिथिला राइडमा रोयल इन्फिल्डका बाइकले शहर परिक्रमा गरेका थिए ।

Royal Infild Bike Janakpur

जनकपुरको मुजेलियामा खोलिएको उक्त शो-रुमबाट ग्राहकहरुले सबै मोडलका रोयल इन्फिल्ड बाइक खरिद गर्न पाउने बताइएको छ । नारायणी मोटर्सले तीन महिनामा ५० बाइक बिक्री गरिसकेको र एक बर्षमा २ सय बाइक बिक्री गर्ने लक्ष्य राखेको छ ।

प्रत्येक महिना विभिन्न प्रकारका राइड कार्यक्रम आयोजना गरी रोयल इन्फिल्डको बजार प्रवर्द्धन गर्ने बताइएको छ । कार्यक्रममा नारायणी मोटर्सका सञ्चालक डा. अभिशेक गोयन्का र दुगड ब्रदर्स एन्ड सन्सका हेड अफ अपरेसन मेघराज पौडेलको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment