Comments Add Comment

अम्बर गुरुङको अन्तिम संस्कारको समय लामा गुरुहरुले भन्ने

lama _grandi_ambar1२५ जेठ, काठमाडौं । मंगलवार बिहान निधन भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको शव नौ बजेपछि मात्रै आइसीयुवाट निकालिने भएको छ ।

अस्पताल परिसरमै रहेका अनलाइनखबरकर्मी कविन अधिकारीका अनुसार अस्पताल र परिवारका सदस्यले संयुक्त पत्रकार सम्मेलन गरेपछि मात्रै शवलाई आईसीयुवाट निकालिने भएको छ ।

बिहान ८ बजे लामा गुरुहरु अस्पताल पुगेका छन् । लामा गुरुहरुले दाह संस्कारको लागि उपयुक्त साईत हेरेर त्यसवारे पत्रकार सम्मेलन मार्फत जानकारी दिईने छ ।

पत्रकार सम्मेलनपछि गुरुङको सवलाई श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । उनको उपचारको क्रममा बिहान २ः३७ वजे ग्राण्डी अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment