२६ जेठ, उदयपुर। उदयपुर जिल्लाको कटारी नगरपालिका–११ भोर्ले बस्ने २३ बर्षीया सङ्गीता श्रेष्ठको आज बिहान चट्याङ पर्दा मृत्यु भएको छ ।
घरको ढोकामा बसेर मोबाइल खेलाइरहेकी श्रेष्ठलाई चट्याङ लागेपछि घाइते अवस्थामा कटारी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए ।
यसैगरी आजै बिहान परेको चट्याङको कारण कटारी नगरपालिका–१० शुक्लास्थित भोर्लेको माध्यामिक विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी १३ वर्षीया छात्रा अस्मिता विक घाइते भएकी छन् ।
विद्यालय परिसरमा चट्याङ पर्दा विक घाइते हुन पुगेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । अहिले विकको गम्भीर अवस्थामा कटारी अस्पतालमा उपचार भइरहेको छ ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4