+

नेदरल्याण्ड्सविरुद्ध खेल्न नेपालको तयारी सुरु, २४ खेलाडीलाई क्याम्पमा बोलाइयो

२०७३ जेठ  २६ गते २०:१२ २०७३ जेठ २६ गते २०:१२
नेदरल्याण्ड्सविरुद्ध खेल्न नेपालको तयारी सुरु, २४ खेलाडीलाई क्याम्पमा बोलाइयो

Nepali Cricket (1)

२६ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीले शुक्रबारबाट नेदरल्याण्डविरुद्धको खेलको तयारी थाल्ने भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनपसीप अन्तर्गत नेपालले साउन अन्तिममा नेदरल्याण्डसँग खेल्दैछ । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आफैंले नेपाली टोली हेरिरहेको छ ।

आईसीसीले हालै मात्र पत्र पठाएर नेदरल्याण्ड भ्रमणको तयारी थाल्न निर्देशन दिँदै भावना घिमिरेलाई स्थानीय संयोजक तोकेको छ ।

आईसीसीको पत्र आएपछि शुक्रबारबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी भइरहेको घिमिरेले बताइन् ।

बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाइएको छ । वैशाख पहिलो साता काठमाडौंमा नामिबियाविरुद्ध खेल्दा टोलीमा रहेका १४ र चार बैकल्पिक खेलाडी स्वतः बन्द प्रशिक्षणमा परेका छन् ।

नामिबियाविरुद्ध खेल्दा नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शदर भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, राजेश पुलामी, राजु रिजाल, सुशन भारी र सन्दीप लामिछाने टोलीमा थिए । विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल बैकल्पिकमा थिए ।

अरु ६ जनालाई पनि बन्द प्रशिक्षणमा बोलाइएको नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, दुई जना ब्याट्सम्यान छन् । अरु फास्टबलरहरु छन् ।’

तयारीका क्रममा नेपाली टोली जुलाई १२ मा बेलायत जानेछ । १९ तारिखमा एमसीसीविरुद्ध लर्डसमा एक खेल हुनेछ भने बाँकी केही खेल स्थानीय टीमसँग खेल्ने नेपालको तयारी छ ।

नेपाली टोली जुलाई २१/२२ मा नेपाल र्फकनेछ र केही दिन घरेलु मैदानमा अभ्यास गरेर नेदरल्याण्ड्स जानेछ ।

नेदरल्याण्डलाई उसकै घरेलु मैदानमा हराउने लक्ष्यका सथ तयारी सुरु गर्ने प्रशिक्षक टमाटाले बताए । हाम्रा खेलाडीहरु अहिले लयमा पनि छन् । र, भर्खर घरेलु मैदानमा जितेकाले मनोबल उच्च पनि छ’ उनले भने, ‘नेदरल्याण्ड जाँदा हाम्रो लक्ष्य दुबै खेलमा जित हात पार्ने नै हुनेछ ।’

अाइसीसी नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय