Comments Add Comment

अस्थायी शिक्षकले तत्काल विद्यालय छोड्नु नपर्ने

Teacher

२६ जेठ, काठमाडौं । शिक्षा मन्त्रालयले विज्ञापनमार्फत स्थायी शिक्षक पदपूर्ति नभएसम्म अस्थायी शिक्षकहरुले विद्यालय छोड्नु नपर्ने बताएको छ ।

संशोधित शिक्षा ऐनले अस्थायी शिक्षकहरुलाई सुविधा लिएर अवकाश लिने वा प्रतिस्पर्धामा उत्रिएर स्थायी हुने विकल्प दिएकामा मन्त्रालयले अवकाश रोज्ने शिक्षकहरुलाई स्थायी शिक्षकको पदपूर्ति भएपछि मात्र विदा दिने बताएको हो ।

बुधबार काठमाडौंमा आयोजित एक अन्तक्रिर्यामा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले मन्त्रालयले सार्वजनिक सूचना निकालेर अवकाश रोज्ने शिक्षकहरुको लगत संकलन गर्ने र त्यसपछि शिक्षक सेवा आयोगमार्फत विज्ञापन आह्वान गरेर स्थायी शिक्षकको नियुक्ति गरेपछि मात्र अवकाश रोज्ने शिक्षकलाई सुविधा दिएर विदा दिने बताए ।

हाल देशभरका सामुदायिक विद्यालयहरुमा करिब १८ हजार अस्थायी शिक्षक छन् । अवकाश रोज्ने शिक्षकले सेवा अवधिका आधारमा प्रत्येक वर्षका लागि आधा महिनादेखि डेढ महिनाको तलब बराबरको सुविधा पाउने छन् ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐनको आठौं संशोधन विद्यालय शिक्षाको सुधारमा कोशेढुंगा भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment