Comments Add Comment

५२ बर्षमा राजेश हमाल, यस्तो छ उनको चलचित्र यात्रा

rajesh hamal with fan
नायक राजेश हमाल बिहिवारदेखि ५२ वर्षमा लागेका छन् । वि.सं २०२१ साल जेठ २७ मा तानसेन पाल्पामा जन्मेका नायक हमाल चलचित्र ‘युगदेखि युगसम्म’ वाट अभिनयमा प्रवेश गरेका थिए ।

आफ्नै मामा स्व. दीपक रायमाझी निर्देशित चलचित्र ‘युगदेखि युगसम्म’वाट फिचर फिल्ममा प्रवेश गरेका हमालले पहिलो चलचित्रवाटै अत्याधिक चर्चा पाए ।

अभिनयमा प्रवेश गर्नुअघि भारतवाट प्रकासित फेशन नेट म्यागजिनमा उनले फोटो शेसन गरेका थिए भने काठमाडौमा सम्पन्न केहि फेशन शोमा र्‍याम्प मोडलिङ समेत गरेका थिए ।

१७० बढी चलचित्रमा अभिनय गरेका हमाल पछिल्लो समय अभिनयमा त्यति सक्रिय छैनन् । एक समयका सर्वाधिक चर्चित नायक मानिने हमालका तारिफ पाउने खालका चलचित्र सार्‍है थोरै छन् ।

वर्षमा १६ वटा सम्म चलचित्रमा काम गरेका हमालले धेरै निर्मातालाई धनी बनाए होलान् । तर, समिक्षकको नजरमा उत्कृष्ट हुन निकै गार्‍हो पर्‍यो ।

उनले काम गरेका राम्रा चलचित्रको सूची असाध्यै छोटो छ । राजेश हमालले काम गरेका अधिकांश चलचित्रमा उनी गरिब गाउँले यूवकको भूमिकामा देखिएका छन् । ‘युगदेखि युगसम्म, देउता, वसन्ती, अल्लारे’ लगायतका चलचित्र राजेश स्वयंम आफूलाई पनि मनपर्ने बताउँछन् । उनले अभिनय गरेका चलचित्रको व्यापार कमजोर हुँदा पनि उनको करिअरमा असर परेन । फुर्सदको बेला किताब पढ्न रुचाउने हमाललाईे ‘बिद्धान नायक’ को रुपमा पनि चित्रित गरिएको पाइन्छ ।rajesh hamal with mother

काठमाडौमा होस् वा काठमाडौ बाहिर सुटिङमा जाँदा उनको साथमा पुस्तक कहिल्यै छुट्दैन थियो । वर्षको एकपटक घुम्न भन्दै अमेरिका वा बेलायत जाने गरेका हमालले फर्केर आएपछि पनि पुस्तककै कुरा गर्थे ।

एक समय नाउक हमाल र नायिका करिश्मा मानन्धरको ‘रिललाईफ रोमान्सको निकै चर्चा हुन्थ्यो । ‘ढुकढुकी, अल्लारे, यो मायाको सागर, साथी, बसन्ती’ लगायतका चलचित्रमा उनले करिश्माको जोडी बनेर अभिनय गरेका छन् ।

केही महिलाहरुसँग उनको नाम जोडिएपनि उनको प्रेमप्रसंगको चर्चा त्यति भएन । ५० वर्षको उमेरमा उनले मोडल मधु भट्टराईसँग प्रेमविवाह गरेका थिए ।

पछिल्लो समय उनले आफ्नो जन्मदिन बृद्धाश्रम र अनाथ वालवालिकाको विचमा मनाउने गरेका छन् । वालवालिकासँग सम्बन्धित विभिन्न संघसंस्थालाई आर्थिक सहयोग समेत दिने गरेका छन् ।

राजेश हमालको अहिले चलचित्र क्षेत्रमा भूमिका कमजोर बनेको छ । उनले अभिनय गरेको चलचित्र ‘शकुन्तला’ भदौ १० गतेबाट रिलिज हुँदैछ । उनै चलचित्र सम्बन्धी कुनै संघसंस्थामा पनि आवद्ध छैनन् । राजेशको पछिल्लो समयमा चलचित्र क्षेत्रमा सक्रियता निकै कम छ भन्दा हुन्छ ।

हमालले पैसाका लागि चलचित्र खेलेको, कथावस्तु छान्न नसकेको, चलचित्र क्षेत्रमा चलचित्र खेल्नु बाहेक अन्य योगदान केही गर्न नसकेको जस्ता आरोप चलचित्रकर्मी नै लगाउँछन् ।RAJESH AND MADHU

उनले चलचित्र निर्देशन गर्ने भनेको पनि एकादेशको कथा जस्तै बनेको छ । बिहे गरेपछि हमाल भ्रमण, कार्यक्रम उद्घाटन र महोत्सवमा बढी व्यस्त छन् । नेपाली चलचित्र क्षेत्रका चर्चित नायकलाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment