Comments Add Comment

मेस्सीलाई उछिन्दै रोनाल्डो बने विश्वकै धनी खेलाडी

Cristiano-Ronaldo

२७ जेठ, काठमाडौं । चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीलाई पछि पार्दै क्रिष्टियानो रोनाल्डो विश्वकै धनी खेलाडी बनेका छन् ।

अमेरिकी पत्रिका फोर्ब्सले निकालेको धनी स्टार खेलाडीहरुको सूचीमा रोनाल्डो शीर्ष स्थानमा छन् भने बार्सिलोनाका मेस्सी भने दोस्रो स्थानमा छन् ।

सन् २००० पछि पहिलो पटक धनी खेलाडीहरुको शीर्ष नम्बरमा गल्फका टाइगर वुडस् र बक्सर फ्लोइड मेवेदर जुनियर बाहेक अन्य खेलाडी परेका छन् । वुड्स १२ पटक शीर्ष स्थानमा रहे भने फ्लोइड मेवेदर चार पटक शीर्ष तीनमा रहेका थिए । तर, यो पटक उनीहरु दुबै टप १० मा पनि छैनन् ।

रियल मड्रिड तथा पोर्चुगलका ३१ वर्षे स्टार रोनाल्डो ६०.६ मिलियन पाउण्डका साथ शीर्ष स्थानमा छन् । रोनाल्डोले बार्षिक तलब र बोनस गरेर रियल मड्रिडबाट ५० मिलियन डलर भन्दा बढी मात्र बुझ्छन् । उनका स्पोन्सरसिप सम्झौताहरु पनि थुप्रै छ । सामाजिक सञ्जालमा बढ्दो फलोअरले उनलाई यसमा फाइदा गरेको छ ।

मेस्सी ५६.२ मिलियन पाउण्डका साथ दोस्रो स्थानमा छन् । मेस्सीले बार्सिलोनाबाट तलबका साथै बोनस पनि पाए । साथै गत जनवरीमा पाँचौं पटक बोलोन डि’ओर जितेपछि एडिडासबाट पनि उनले बोनस पाएका छन् । मेस्सीले एक वर्षमा मात्र विज्ञापनबाछ २८ मिलियन डलर कमाएका छन् ।

धनी खेलाडीहरुको सूचीमा तेस्रो स्थानमा बास्केटबल खेलाडी लिब्रोन जेम्स छन् भने टेनिसका रोजर फेडेरर चौथो र पाँचौं स्थानमा अमेरिकी फुटबलर काम नेवटोन छन् ।

१५ मिलियन पाउण्डसहित अमेरिकी टेनिस स्टार सेरेना विलियम्स धनी महिला खेलाडी बनेकी छन् ।

१०० धनी खेलाडीहरुको सूचीमा २३ देशका १० खेल क्षेत्रका स्टारहरु परेका छन् । जसमा ६५ अमेरिकन छन् भने बेसबल प्लेयर सबैभन्दा बढी २६ छन् ।

गल्फका टाइगर वुडस् १२ औं र बक्सर फ्लोइड मेवेदर जुनियर १६ औं नम्बरमा छन् । बार्सिलोनाका नेइमार २१, जाल्टन इब्राहिमोभिच २३, ग्यारेथ बेल २५ र लुइस स्वरेज ६५ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment