Comments Add Comment

टोखामा पनि सुविधासम्पन्न फन पार्क

funpark-waterparak
२८ जेठ, काठमाडौं । काठमाडौँको उत्तरी भेगस्थित टोखा नगरपालिका–६ मा सुविधासम्पन्न फन पार्क निर्माण सम्पन्न भएको छ । टोखा केब प्रालिले दुई वर्षको समयावधिमा  तीन करोडको लागतमा ‘टोखा केब वाटर फन पार्क’ निर्माण गरेको हो । करिब ६ रोपनीको क्षेत्रफलमा निर्माण गरिएको उक्त पार्कमा बेबी पुल, स्विमिङ पुल, स्लाइडिङ पुल, चिल्ड्रेन पार्क, फास्ट फुड रेस्टुरेन्ट, नेपाली र नेवारी गार्डेन रेस्टुरेन्ट र मल्टिमिडिया सर्भिससमेत प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी, सोही पार्क तथा त्यस आसपास क्षेत्रमा फ्री वाइफाइ, हर्स राइडिङ, कन्भेन्सन हल, स्टेज मिटिङ हल, सभा, समारोह गर्न सकिने सुविधा उपलब्ध गराइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय सम्पदास्थल एवम् सांस्कृतिक गतिविधिलाई समेत प्रचार–प्रसार गर्ने लक्ष्य राखिएको पार्कका कार्यकारी निर्देशक मनिराज डङ्गोलले जानकारी दिए ।

टोखाका स्थानीय संस्कृति तथा ऐतिहासिक मठमन्दिर, देवीदेवताका मूर्तिका बारेमा त्यस स्थलबाट प्रशस्त सूचना प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । मौलिक गीत, सङ्गीतका साथै सांस्कृतिक कार्यक्रमको समेत प्रवद्र्धन गर्न विभिन्न गतिविधि गरिने कार्यकारी निर्देशक डङ्गोलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment