+
+

एमाले महासचिवको प्रश्नः सरकार गोजीको रुमाल हो र प्रचण्डलाई दिन ?

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते १६:२५

२८ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व परिर्वतनबारे माओवादीसँग कुनै भद्र सहमति नभएको दाबी गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले दलहरुबीच सहमति जुट्छ भने नेतृत्वबारे एमाले खुला रहेको बताए । तर, अहिलेको गठवन्धन भत्काएर अर्को सरकार बनाउने प्रयास भने स्वीकार्य नहुने उनले बताएका छन् ।

एमाले र माओवादीबीच नौबुँदे सहमति हुँदा केही विषयमा छलफल भएको भन्दै उनले भने, छलफलमा सहभागी एक म पनि हुँ । बाहिर भनिए जस्तो कुनै सहमति भएको छैन ।’

प्रचण्डले केही कुरा उठाएको तर, एमालेले बजेट पास भएपछि सरकार फेर्ने कुरा अराजक हुन भनेको भन्दै उनले यसमा प्रचण्ड पनि सहमत भएको दाबी गरे । उनले अघि भने, ‘सरकार गोजीको रुमाल होइन, आज एउटाले राख्ने, भोलि अर्कोलाई दिने ।’

एमाले महासचिव पोखरेलले संविधान कार्यान्वयनका लागि केही कानुन संशोधन गर्न र नयाँ बनाउनु पने भन्दै सहमति गरेर जान प्रमुख विपक्षी कांग्रेस तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?