+
+

एनआरएन मलेसियाको अध्यक्षमा विश्व राई

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ जेठ २९ गते १४:२४

Bishow-rai

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले नयाँ अध्यक्ष पाएको छ । संघको स्थापना कालदेखि सक्रिय रहेका विश्व विक्रम राई अध्यक्षमा चयन भएका हुन् ।

शनिवार क्वालालम्पुरमा बसेको बैठकले राईलाई सर्व सम्मतले चयन गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ । गत अप्रिल २३ तारिखमा पूर्व अध्यक्ष महेन्द्रजंग शाहलाई एनआरएनको गरिमामा दाग लगाएको भन्दै पदबाट हटाएको थियो ।

र, दुर्इ महिनाभित्र नयाँ कार्य समिति चयन गर्न एनआरएन मलेसियाका प्रमुख संरक्षक शंकरबहादुर पौडेललाई जिम्मेवारी दिइएको थियो । गत वर्षको अगष्ट २२ तारिखमा एनआरएन मलेसियाको अधिवेशन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?