Comments Add Comment

नयाँ शक्तिको नेदरल्यान्ड्स अध्यक्षमा रन लामा

नेदरल्यान्ड्स । डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति नेपालले प्रवासमा पनि आफ्नो सक्रियता बढाउँदै लगेको छ। नयाँ शक्ति आस्थावानहरुलाई ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ को नाममा विस्तार गर्ने क्रम बढेको हो। यसै क्रममा हालै नेदरल्याण्डमा सम्पन्न एक भेलाले रन लामाको अध्यक्षतामा १९ सदस्यीय तर्दथ समिति गठन भएको छ।

rana-bamतदर्थ समितिको उपाध्यक्षहरुमा अजित कुमार मल्लिक, सोवित परियार र राम बहादुर पौडेल तथा महासचिबमा हिरण्यप्रसाद ओझा छन् । कोषाध्यक्षमा अन्जन गुरुङ, सचिबमा रुबी पाण्डे, सह कोषाध्यक्षमा संकर पुन र सोसल मिडिया ब्यबस्थापनमा सूर्यराज गिरी चयन भएका छन्।

बिभाग तथा बिशेष कार्यदल प्रमुखहरु भन्दै अस्बिनीकुमार नेपाल, अरुणकुमार प्रतिहस्त, कुशल न्यौपाने,तेज रोका, रामचन्द्र पोखरेल,हरि बिष्ट ,पूर्ण कंडेल, निरराज पनेरु, गणेश सिम्खडालाई समितिमा रखिएको छ।

नयाँशक्ति नेपाल पार्टीको संस्थापक सदस्य बन्न इच्छुक नेदरल्यान्ड्सबासी नेपालीमा खुल्ला आव्हान गर्दै फारम भर्ने काम समेत सम्पन्न भएको छ। संकलित फारामहरु जेष्ठ २८ गते भित्र नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालयमा पठाईने समाजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment