Comments Add Comment

यस्तो होटल, जहाँ रातमा चुरोट पिउनेलाई भुतले थप्पड हान्दछ

brajrajbhavanधुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने जान्दाजान्दै र धुम्रपान गर्न निषेध गरिएको ठाउँमा समेत जबरजस्ती गर्दै चुरोट पिउने मानिसहरु धेरै हुन्छन् । तर भारतमा एउटा यस्तो ठाउँ छ जहाँ धुम्रपान गर्दा अदृश्य शक्तिले जोडसँग थप्पड हान्दछ ।

हो, राजस्थानमा रहेको उक्त ठाउँमा जब कसैले चुरोट सल्काउन थाल्छ तब ऊमाथि जोडदार थप्पड प्रहार हुन्छ । त्यो जोडदार थप्पड आखिर कसले मार्छ ? अहिलेसम्म पत्ता लागेको छैन । कोही प्रेतात्माले चुरोट पिउनेहरुलाई थप्पड मारेको अनुमान गरिन्छ ।

राजस्थानको कोटामा रहेको सिभिल लाइन्स नयाँपुरास्थित बृजराज दरबार आफ्नो सुन्दरताको लागि जति चर्चित छ अदृश्य शक्तिले थप्पड हान्ने कारणले झनै चर्चित छ । यो भवनमा होटल रहेको छ । यस हेरिटेड होटलमा जो कोही बस्न चाहन्छ । होटलमा बस्नुअघि उसलाई जानकारी दिइउको हुन्छ की त्यहाँ रातमा चुरोट पिउन मनाही छ ।

किम्बदन्ती अनुसार त्यहाँ एउटा मेजरको भूत घुमिरहन्छ जसलाई अनुसासन मन पर्दछ । उसलाई रातमा चुरोट पिएर टाइम पास गर्ने मानिसहरु तथा ड्युटीमा निदाउने सुरक्षागार्डहरु मन पर्दैन । यदि कुनै गार्ड रातमा ड्युटीको समयमा निदायो भने पनि कोही कराएर गाली गरेको आवाज सुनिन्छ ।

बिहान हेर्दा ड्युटीमा सुत्ने उक्त गार्डको गाला रातो तथा सुन्निएको पाइन्छ । सोही मेजरको भूतले ड्युटीमा निदाउने गार्डको गालामा थप्पड हान्ने विश्वास गरिन्छ । रातमा यो होटलको वगैँचामा पनि कोही जाँदैनन् । वगैँचामा उक्त मेजर तथा उसका बच्चाबच्चीहरुका आत्माहरु घुमिरहने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment