+
+
Shares

पर्यटन प्रवर्द्धन गर्न शुक्लाफाँटादेखि रारासम्मको टुर प्याकेज

रासस रासस
२०७३ जेठ ३० गते १०:०१

Rara  Tal (3)

३० जेठ, कञ्चनपुर । शुक्लाफाँटादेखि खप्तड हुँदै सुदूर र मध्यपश्चिमको पर्यटन प्रवर्द्धनका लागि कर्णाली अञ्चलमा अवस्थित रारा तालको भ्रमणको गर्ने एक हप्ते टुर प्याकेजको व्यवस्था गरिएको छ ।

आजदेखि कञ्चनपुरको महेन्द्रनगरबाट मोहित टुर एण्ड ट्राभल्स समूहले एक हप्ते बाटो अवलोकन भ्रमणको प्रारम्भ गरेको हो ।

यसपछि दोस्रो चरणमा सबै आन्तरिक तथा बाह्य पर्यटकलाई नियमित रारासम्मको भ्रमण प्याकेज सञ्चालन गर्न लागेको ट्राभल्सका सञ्चालक प्रमानन्द भण्डारीले बताए ।

यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा देखाएको सफलता मध्यपश्चिम क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यसँग सञ्जालीकरण गरेर समग्र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने भएकाले पर्यटन प्रवर्द्धन यात्राअन्तर्गत विश्वमै सुन्दर तालका रुपमा परिचित रारा तालको प्रवर्द्धन गर्नुपर्ने ट्राभल्सका सञ्चालक भण्डारीको भनाई रहेको छ ।

यसअघि ट्राभल्सले खप्तडसम्मको टुर प्याकेज सञ्चालन गरी पर्यटक प्रवर्द्धन गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?