Comments Add Comment

खाली लेटरप्याडमा सही गरी कार्यालय जाँदैनन् गाविस सचिव

blank_letterpad (1)
खाली कागजपत्रमा गाविस सचिवको सही

३१ जेठ, नवलपरासी । नवलपरासीको प्रसौनी गाविसका सचिव बसन्तबहादुर जिसी अधिकांश समय कार्यालय बाहिर बस्दा सेवाग्राही मर्कामा परेका छन् ।

उनी कार्यालयमा सचिवले दस्तखत गर्नु पर्ने आवश्यक खाली कागजपत्रका दस्तखत गर्ने र हप्तापन्ध्र दिन कार्यालय नै नगई सहयोगीको भरमा कार्यालय चल्न दिने गर्दछन् ।

विगत एक वर्ष्बाट नै गाविस सचिवले कार्यालयभन्दा बाहिर बढी समय दिने अधिकांश समय कार्यालयमा उपस्थित नहुने गर्दा गाविसको काम कारवाही समेत प्रभावित बनेको प्रसौनी बाल संजालका अध्यक्ष खिमानन्द देवकोटाले बताए ।

सचिव जिसी हप्तामा एक दिन मात्रै कार्यालय आउने त्यसमा पनि कार्यालय आए पनि एक दिन भर नबस्ने, कार्यालयको खाली लेटरप्याड, सेवाग्राहीलाई आवश्यक पर्ने केही खाली फारमहरु जन्मदर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिस विवाह दर्ता लगायतका खाली कागजमा सही हिड्ने गरेको कार्यालय स्रोतले जनाएको छ ।

सचिव कार्यालय नबस्दा नागरिकता, जन्मदर्ता, मृत्यु प्रमाणीकरण, विवाहदर्तालगायतका कतिपय अत्यावश्यक काम समेत प्रभावित बनेको स्थानीयले गुनासो गरेका छन् । गाविस कार्यालयमा नागरिकता सिफारिसकालागी आएका सुरज कुमालले हप्तादिनसम्म धाउदा पनि काम नबनेको भन्दै आक्रोश पाखे । अर्को तर्फ खाली लेटर प्याडमा सही गर्दा त्यसको दुरूपयोग हुन सम्भावना पनि उतिकै रहेको छ ।

कार्यालय सहयोगीले आफूलाई सहज हुने काम मात्र गरिदिने र अलि जटिल विषय आए गाविस सचिव आउनु पर्छ भनेर कुराउने गर्ने र गाविस सचिव हप्ता पन्ध्र दिन कार्यालय नआउने गरेका कारण सेवाग्राहीहरु मारमा परेका हुन् ।

उनले खेतीपाती गर्ने समयमा एउटै कामका लागि बारम्वार गाविस धाउदा धाउदा घरको काम समेत गर्न नपाएको, आफ्नो काम समेत नबनेको गुनासो व्यक्त गरे ।

गाविस सचिव कार्यालयमा पर्यटक जस्तै काहिलेकाही मात्रै झुल्कने गरेको कुमालले बताए । गाविस सचिवले कार्यालयमा पनि जानकारी नै नगराई बाहिर निस्कने गरेको कार्यालय सहायक गोकुलप्रसाद महतो बताउँछन ।

blank_letterpad (3)
खाली कागजपत्रमा गाविस सचिवको सही

कतिपय काम सचिव नहुँदा गर्दिन नपाउँदा सेवाग्राहीको गाली सुन्न परिरहको महतोले बताए । सचिव जिसी लामो समयअगाडिदेखि नै कार्यालयप्रति जिम्मेवार नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

कार्यालयका आवश्यक कामहरु कार्यालय सहायककै भरमा चलिरहेको छ । केहि दिनअघि गाउँमा सर्वदलिय बैठक डाकेर सचिव आफु नै उपस्थित नभएको पनि स्थानीयले बताएका छन् । बैठक डाकेर आफु थाहै नदिई साँसदको पछि डौदिएको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले सचिव जिसीले बुटवलमा घर बनाउन लागेकाले त्यतै व्यस्त भएर कार्यालयमा समय नदिएको आरोप लगाएका छन् ।

यस बारे जिसीसँग बुझ्न पटक-पटक सम्पर्क गर्न खोज्दा गर्दा मोवाईल स्विच अफ गरिएको छ । स्थानीय विकास विकास अधिकारी लालकृष्ण शर्मा पौडेलसंग बुझ्दा आफुलाई कुनै जानकारी नआएको यदि स्थानीयबाट गुनासो आए आफुहरुले आवश्यक कदम चाल्ने बताए । सचिवले खाली कागजातमा सहि छाप गरेर हिड्नै नमिल्ने भन्दै यस बारेमा आफुले सोधपुछ गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment