Comments Add Comment

गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान

३१ जेठ, पर्सा । पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ । गाविसको वडा नं ८ मा पर्ने भलुवही खोलाको बगरमा राति ११ः४५ बजेको समयमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो ।

Parsaपर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी मकवानपुरबाट पर्सा भित्र्याउन लागिएको प्रतिबन्धित आगुऔषध गाँजा र चरेस नियन्त्रणमा लिन लुकेर बसेका सुरक्षाकर्मीलाई लक्ष्य गरी तस्करहरुले गोली प्रहार गरेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो । गोली हानाहानमा दुवैतर्फ कुनै मानवीय क्षति नभएको बताइएको छ ।

प्रहरीले प्रतिकार गरेपछि अँध्यारोको फाइदा उठाउँदै तस्कर फरार हुन सफल भएको प्रहरीले जनाएको छ । भिडन्तपछि घटनास्थलका निरीक्षण गर्दा प्रहरीले १० वटा पोकामा एकसय किलो गाँजा फेला पारेका थियो । घटनामा संलग्न रहेको गाँजा तस्करको पहिचान भएको र उनीहरुको खोजी भइरहेको प्रवक्ता बोगटीले बताउनुभयो ।

मकवानपुर, धादिङ, चितवनलागायतका जिल्लामा उत्पादन भएका लागुऔषधलाई भरियाको मद्दतले पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी कारोबारीले पर्सामा भित्र्याउने गरेका छन् । रातिको समयमा पर्सा भित्र्याइएका यस्ता लागुऔषधलाई कारोबारीले अर्को दिन रातकै समय पारेर भारततर्फ पठाउने प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment