+
+

आमा

शान्ता पौडेल शान्ता पौडेल
२०७३ जेठ ३१ गते १२:२२

दशै महिना कोखमा राखी, यो धर्तीमा टेकाउने
तिमी ने हौ आमा मलाई ,सुन्दर सृष्टी देखाउने ।

सुन्दर भविष्य कोर्ने आशमा, तिम्रो काख छोडी आए
नचाहाँदै ममतामयी, तिम्रो आँचल तोडी आए ।

Shanta-Paudelदुखमा नि तिमी हुन्थ्यौ सुखमा नि तिमी
कोही छैन यो सहरमा, तिम्ले जस्तो माया दिनी ।

भोकमा आफू पटुकी कसी,मलाई पेटभर खुवाउथ्यौ
मलाई चोट लाग्यो भने पहिले त्यो मन दुखाउथ्यौ ।

अध्यारो छाउँछ यी आखाँमा, तिमीलाई नदेख्दामा
हुरी चल्छ यो छातीमा, तिमीलाई नभेट्दामा ।

हरेक साझ बिहान मेरो बित्छ तिम्रै आशमा आमा
हरपल चल्छ तिम्रै सुवास, मैले फेर्ने सासमा आमा ।

तिमी नै जीवन मेरो, तिमी नै प्रतिमा
तिमी जस्तो महान् अरु, कोहि छैन यो धर्तीमा ।

तिमी नै हौ धर्ती, आकाश, तिमी नै हो देउता
मलाई हरपल साथ दिने, तिमी नै हो एउटा ।

तिम्रो माया ममतालाई मुटुभरी साच्न पाउ
असल छोरी भई सँगै जुनीजुनी बाँच्न पाउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?