Comments Add Comment

चिनी, चना र मुसुरोको मूल्य बढाइयो, कारबाही गर्ने सरकारको चेतावनी

३१ जेठ, काठमाडौं । चिनी, चना, मुसुरोको दाल लगायत केही दैनिक उपभोग्य वस्तुमा मूल्य बृद्धि भएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित व्यवस्थापन विभागले पुष्टि गरेको छ ।

Sugarव्यापारीहरुले आफूखुसी मूल्यबृद्धि गरेकोबारे आएको गुनासोका आधारमा विभागले हिजो र आज गरेको बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा मूल्यबृद्धि भएको भेटिएको हो । ‘मूल्यबृद्धि भएको देखिएपछि विभागले मूल्य बढाउनुको कारण र दररेट सहित तीनदिनभित्र उपस्थित हुन सम्बन्धित पक्षहरुलाई पत्र काटेको छ,’ विभागका कार्यकारी निर्देशक गोकुल धितालले भने, ‘आवश्यक कारबाही हुन्छ ।’

आपूर्ति मन्त्री गणेशमान पुनको निर्देशनमा विभागले नेपाल व्यापार संघ, नेपाल दाल-चामल उत्पादन संघ र खाद्य किराना थोक व्यापार संघलाई पत्र काटेको हो ।

पछिल्लो १५ दिनमा चिनीको मूल्य प्रतिकेजी ७ रुपैयाँसम्म बृद्धि भएको भेटिएको विभागले जनाएको छ । हेलो सरकार मार्फत आपूर्ति मन्त्रालयमा चिनीसहित दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि भएको गुनासो पुगेको थियो । मूल्य बृद्धिका सम्वन्धमा विभागले हिजो र आज बजार अनुगमन गर्दा चिनी, चना, मसुरोको दाल आदिमा मूल्य बृद्धि भएको भेटिएको छ ।

साल्ट ट्रेडिङमा चिनीको मौज्दात सकिएलगत्तै निजी क्षेत्रले चिनीको मूल्य हृवात्तै बढाएको विभागले जनाएको छ । ‘हिजो र आजको अनुगमनले पछिल्लो १५ दिनमा चिनीमा प्रतिकेजी ७ रुपैयाँसम्म, चनामा प्रतिकेजी ५ देखि ७ रुपैयाँसम्म मूल्यवृद्धि गरेको देखियो,’ अनलाइनखबरसँग कुरा गर्दै विभागका तथ्याङ्क अधिकृत पोषराज खनालले भने, ‘खाने तेल र चामलमा भने मूल्य घट्नेक्रममा रहेको पाइयो ।’

नाकाबन्दीका क्रममा खाने तेल र चामलमा अत्यधिक मूल्यबृद्धि भएको तर अहिले सामान्य अवस्थामा मूल्य घटेको विभागले जनाएको हो । तरकारीको मूल्यमा भने घटबढ आइरहनु स्वाभाविक भएको विभागको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment