+
+

गुण नियन्त्रण विभागद्वारा १६४ व्यवसायीविरूद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते ११:१३

३२ जेठ, काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२/७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ ।

khadhynnaविभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

बजार अनुगमनका क्रममा घ्यु, तेल, मसला, चाउचाउ, केही अन्न, पानी, दूधलगायतका उद्योगलाई मुद्दा लगाइएको हो ।

नमुना हेरी प्रयोगशालामा जाँच गर्दा ती उत्पादनमा कमी कमजोरी पाइएको प्रवक्ता वस्तीले बताए ।

बजार अनुमनमा दुई हजार ३० नमुना सङ्कलन गर्ने लक्ष्य राखिएकोमा एक हजार ८१४ नमुना सङ्कलन गरिएको छ ।  यसैबीच, विभागलाई चालु आवमा करिब २२ करोड रूपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी आवमा नौ करोड रूपैयाँ बजेट थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?