+
+

यौनकाण्डमा मुछिएका स्पेनिस गोलकिपरलाई प्रेमिकाको साथ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते १४:५३

David-Gae

युरोकप सुरु हुनुअघि विवादास्पद यौन काण्डमा मुछिएका स्पेनिस गोलरक्षक डेभिड डी गेआकी प्रेमिका एडुर्ने गार्सियाले उनी आफ्ना प्रेमीको साथमा रहेको बताएकी छन् ।

हिजो साँझ चेक गणतन्त्रसँगको खेल सुरुहुनु केहि क्षणअघि गार्सीयाले आफ्नो ट्वीटरमा डेभिड र स्पेनको समर्थनमा लेखेकी थिइन्, ‘कम अन डेभिड, कम अन स्पेन’

चेक गणतन्त्रबिरुद्धको खेल सुरुहुनु केहि समयअघि मात्र गेआले स्पेनिस पोष्ट संहाल्ने निश्चित भएको थियो ।

प्रेमीको यौन काण्डको समाचार सार्वजनिक भएपछि गायिका तथा टेलिभिजन प्रस्तोता गार्सियाले चार दिनसम्म कुनै प्रतिक्रिया दिएकी थिइनन् । उनले केहि समर्थकका समर्थन पाइन् भने केहिबाट गालीपनि खाइन् ।

एक महिला समर्थकले इस्टाग्राममा लेखेकी थिइन कि ‘उनले जे गरिन् ठीक गरिन्, वास्तविकता उजागर नहुन्जेलसम्म उनले आफ्ना प्रेमीलाई शतप्रतिशत सहयोग गर्नुपर्छ ।’ अर्की महिला समर्थकले भनिन् कि ‘डेभिडलाई संकाको सुविधा दिनुपर्छ ।’

अर्का समर्थकले भने, ‘सारा स्पेनले देखेको छ के भएको हो भनेर, र पनि तपाईं उसैको समर्थनमा हुनुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?